मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : मतदान ढिलो सुरु हुने सम्भावना

सोमबार, १३ मङ्सिर २०७८, १९ : ४२
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुन सक्ने केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले जनाएका छन् ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने जनाइएको हो । केही विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ ।

केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका अनुसार राति ११ बजेबाट मतदान सुरु गर्ने सम्भावना बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप