शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० सचिवको सरुवा, को कहाँ पुगे ?

सोमबार, १३ मङ्सिर २०७८, २० : ३५
सोमबार, १३ मङ्सिर २०७८

सरकारले १० जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई ल्याइएको छ । उनले यसअघि उक्त मन्त्रालयमा सहसचिव तथा प्रवक्ता भएर काम गरिसकेका छन् ।

उक्त मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका एकनारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । उक्त मन्त्रालयमा रहेका सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

शिक्षा मन्त्रालयका शिक्षा तर्फका सचिव रामप्रसाद थपलियाको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा राखिएको छ । ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव भरतमणि सुवेदीलाई आयोगमा  पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप