शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ४ घाइते

सोमबार, १३ मङ्सिर २०७८, २० : ५३
सोमबार, १३ मङ्सिर २०७८

म्याग्दीमा बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा र थप एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

बेनीबाट यात्रु लिएर गाउँतर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप चिलाउने खर्कमा दुर्घटना हुँदा खिमनाथ शर्मा, गौमाया विक, खिमु पुन र जीपचालक दुतबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी सहायक निरिक्षक सुशीला थापाले जानकारी दिइन् । 

दुर्घटनामा जीपका चालक दुतबहादुर पुनसहित ५ जनालाइ बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामा चालक दुतबहादुर थापासहित ८ यात्रु सवार थिए । घाइतेमध्ये दुई जना गम्भीर रहेको बताइएको छ । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप