बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : महिला सदस्यमा निर्वाचन नहुने, अर्चना गहतराजको उम्मेदवारी फिर्ता

सोमबार, १३ मङ्सिर २०७८, २१ : ०२
सोमबार, १३ मङ्सिर २०७८

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत खुलातर्फ महिला सदस्यमा निर्वाचन नहुने भएको छ । ५३ सिटका लागि ५४ जनाको उम्मेदवारी परेकोमा अन्तिम समयमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।

गहतराजले सर्वसम्मतिमै नेतृत्व चयन होस् भनेर आफूले त्याग गरेको बताइन् । उनले पद, प्रतिष्ठा भनेको पछि पनि प्राप्त हुन सक्ने जनाउँदै पार्टी एकताका लागि सन्देश दिन आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताइन् ।

उनले उम्मेदवारी फिर्ता लिने निर्णयसँगै तत्कालै आवश्यक प्रक्रिया पूरा गर्नेसमेत जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप