शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही उद्योग संघमा सल्लाहकार समिति चयन

सोमबार, १३ मङ्सिर २०७८, २१ : ३२
सोमबार, १३ मङ्सिर २०७८

रुपन्देही उद्योग संघमा सल्लाहकार समिति चयन गरिएको छ । संघका अध्यक्ष माधवप्रसाद पौडेलले संघको विधान २०३५ (संशोधन २०७७ सहित) भाग ५ को दफा २८ बमोजिम  चयन गरेका  हुन् ।

उक्त  सल्लाहकार समितिको संयोजकमा संघका पूर्व अध्यक्ष दिनेशराज रेग्मी तथा सदस्यहरूमा लुम्बिनी सिट मेटल उद्योगका भूपाल कुमार श्रेष्ठ, सुपर कङ्क्रिट उद्योगका शिव कुमार पाठक, अस्मिता कापी उद्योगका ऋषि बहादुर भण्डारी, अग्नि सिमेन्ट उद्योगका राज कुमार पोखरेललाई मनोनयन  गरिएको हो ।

त्यसैगरि संघको आर्थिक सल्लाहकारमा डा.खगराज शर्मा, कानुनी सल्लाहकारमा अधिवक्ता यमलाल खनाल, प्राविधिक सल्लाहकारमा ई.सुमन श्रेष्ठ र प्रेस सल्लाहकारमा सुमन अधिकारीलाई मनोनयन गरेको हो ।

संघको असोज  २३ गते सम्पन्न २२ औँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका अध्यक्ष पौडेलले संघको विधानको अधिकार प्रयोग गरि सल्लाहकार समिति गठन  गरेको संघका  प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप