मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्जाको माग बढ्दो छ तर तरलता छैन, बैङ्कहरूले सातामै ७ अर्बले निक्षेप गुमाए

सोमबार, १३ मङ्सिर २०७८, २२ : ०५
सोमबार, १३ मङ्सिर २०७८

अघिल्लो साताको तुलनामा यस साता २७ वाणिज्य बैङ्कहरूले ७ अर्ब बढीले निक्षेप गुमाएका छन् । सोमबार नेपाल बैंकर्स संघले जारी गरेको फाइनान्सियल रिपोर्ट अनुसार गत मङ्सिर ३ गतेदेखि १० गतेसम्ममा ७ अर्बले निक्षेप गुमाउँदै कुल ४२ खर्ब १९ अर्ब सङ्कलन गर्न सफल भएका छन् । 

अघिल्लो हप्ता अर्थात् गत कार्तिक ३० गतेदेखि मङ्सिर ३ गतेसम्म बैङ्कहरूले कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका थिए । यता निक्षेप सङ्कलन घट्दै गर्दा उता बैङ्कहरूको कर्जा माग दोब्बरले बढेर गएको छ । समीक्षा अवधिमा वाणिज्य बैङ्कहरूको ७ अर्बले निक्षेप घट्दै गर्दा १४ अर्बले कर्जा बढेको छ । बैंकर्स संघका अनुसार गत कार्तिक ३० गतेदेखि मङ्सिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब कर्जा लगानी गरेकामा समीक्षा अवधि अर्थात् मङ्सिर ३ गतेदेखि १० गतेसम्ममा १४ अर्बले कर्जा बढाउँदै कुल ४० खर्ब ५५ अर्ब लगानी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप