ad
x

राष्ट्र बैंकको सर्कुलर : तोकियो पहिलोपटक चाँदीमा कोटा

person explore access_timeमंसिर १३, २०७८ chat_bubble_outline0

नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्ने गरि नयाँ   सर्कुलर जारी गरेको छ । सोमबार बेलुका सूचना जारी गर्दै केन्द्रीय बैंकले कच्चा चाँदीको आयातदेखि अन्य बस्तुको आयातमा समेत कोटा तोकेको हो ।  पहिलो पटक केन्द्रीय बैंकले चाँदीको आयातमा कोटा प्रणाली लागू गरेको छ ।  


बैंकद्वारा जारी  सर्कुलरअनुसार अब चाँदी एक पटकमा ३५ हजार अमेरिकी डलर बराबरको मात्र आयात गर्न पाइनेछ । बैंक ग्यारेन्टी मार्फत् हुने यस्तो आयात चाँदी व्यवसायीले, हस्तकला व्यवसायीले गरगहना वा अन्य वस्तु निर्माण गरी निर्यात गर्ने प्रयोजनका लागि स्वयम् आयात गर्न सक्नेछन् ।



साथै, राष्ट्र बैंकले बैंक ग्यारेन्टी मार्फत् गरिने अन्य वस्तुको आयातलाई समेत ५० प्रतिशतले घटाएको छ । यसअघिसम्म डकुमेन्ट एगेन्स्ट पेमेन्टमा १ लाख अमेरिकी डलरसम्म आयात गर्न पाइन्थ्यो । त्यसलाई घटाएर राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरमा सीमित गरेको हो ।



यस्तै, बैंकले विद्यमान तरलता संकटको समस्या समाधान गर्न विदेशी मुद्राको निक्षेप भित्र्याउने नीतिमा समेत सहजीकरण गरेको छ । केन्द्रीय बैंकले यस अघिसम्म गैर आवासीय नेपालीले न्यूनतम १० हजार अमेरिकी डलरमा न्यूनतम २ वर्षको लागि मात्र मुद्दती खाता खोल्न पाउने सीमालाई संशोधन गर्दै कम्तीमा १ वर्षको लागि ५ हजार अमेरिकी डलरसम्म खाता खोल्न पाउने व्यवस्था गरेको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।