शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

सोमबार, १३ मङ्सिर २०७८, २२ : ५१
सोमबार, १३ मङ्सिर २०७८

कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् ।  केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । 

प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । तर, प्रहरी अस्पताल स्रोतले भने प्रधानन्यायाधीश सोमबार भर्ना भएको पुष्टि गर्यो । आइतबार सर्वोच्च अदालत गएका प्रधानन्यायाधीश जबरा सोमबार भने सर्वोच्चमा नआएको अदालत स्रोतको भनाइ छ । स्रोतका अनुसार आइतबारदेखि नै उनलाई खोकी लागिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप