शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : मतदान प्रक्रिया सुरु

मङ्गलबार, १४ मङ्सिर २०७८, ०४ : ४३
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवशेन अन्तरगत मतदान प्रक्रिया सुरु भएको छ । राति २ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि मतदानमा ढिलाइ भएको हो । 

अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

प्रदेश १ अन्तर्गत खुला र महिलामा १/१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा एमाले पृष्ठभूमिकै नेताहरू उठेका हुनाले त्यहाँ कसैले पनि दाबी गरेन र पाँचवटा पदहरू निर्विरोध भइसके । तर, पूर्वमाओवादी नेताहरू उठेको उपाध्यक्ष र सचिव पदमा भने बागी उम्मेदवारी परेको हुनाले  ‘एमाले भर्सेस माओवादी’ को रूप लिने सम्भावना रहेको नेताहरू बताउँछन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप