ad
x
एमाले महाधिवेशन

एक पटकमा ६९ जनाले भोट खसाल्दै :  बिहान सवा ६ बजेसम्म ७२० मत खस्यो

person explore access_timeमंसिर १४, २०७८ chat_bubble_outline0

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान जारी छ । मङ्गलवार सवा ६ बजेसम्म ७२० जनाले मतदान गरेका छन् भने एक पटकमा ६९ जनाले भोटिङ मेसिनमार्फत भोट हाल्न हाल्न सक्ने व्यवस्था गरिएको छ । अहिलेकै गतिमा भोटिङ भए लगभग ३ घण्टामा मतदान सकिने निर्वाचन आयोगको भनाइ छ  ।


अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्नेछन् । 



अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।