शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकको शाखा अब सुस्ताको देवचुली र कावासोतीमा पनि

मङ्गलबार, १४ मङ्सिर २०७८, ११ : २९
मङ्गलबार, १४ मङ्सिर २०७८

कामना सेवा विकास बैंक लिमिटेडले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा एकै दिन दुई शाखा कार्यालयहरु उद्घाटन गरेको हो । 

सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यी दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय खोलेको बैंकले जनाएको छ । यसले बैंकिङ सेवामा अझ सहज र छरितोपन आउनेमा आफुहरु विश्वस्त रहेको बैंकले बताएको छ । 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङका साथै एसएमएस बैंकिङ लगायत विविध डिजिटल माध्यमहरुबाट सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप