कर्णालीमा एकीकृत समाजवादीको प्रमुख सचेतकमा ओली
मङ्गलबार, १४ मङ्सिर २०७८, १९ : २१
नेकपा (एकीकृत समाजवादी) दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद देवी ओली नियुक्ती भएकी छिन्। मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।
यस्तै बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद ओलीले रातोपाटीलाई जानकारी दिइन् ।
ओलीले भनिन्,‘ प्रदेशसभा भित्रको कार्य व्यवस्थाभित्र पनि समाजवादी दलको सहभागिता हुनुपर्ने माग सहित मलाई नै त्यहाँ पठाउने भनिएको छ। ’
एकीकृत समाजवादी दल कर्णालीमा सबैभन्दा सानो दलको रुपमा रहेका छ । यद्यपि, समाजवादीले वैशाख ३ को सम्झौता अनुसार तीन मन्त्रालय नछाड्ने अडानमा छ । यसअघि दलका नेता चन्द्रबहादुर शाही भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी