शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दम्भ र अहंकार नदेखाउन नवनिर्वाचित कमिटीका सदस्यलाई ओलीको निर्देशन

मङ्गलबार, १४ मङ्सिर २०७८, १९ : ५८
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।

पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न सुझाव पनि दिए ।

‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुँदैन ।’

आफूहरु जनताको सेवक हौं भन्ने मनन् गरेर विनम्रताका साथ जनता देशको सेवामा समर्पित हुन पनि उनले निर्देशन दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामनासमेत दिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप