बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको दोस्रो इनिङ्ग्स, तस्बिरमा हेर्नुहाेस्

मङ्गलबार, १४ मङ्सिर २०७८, २० : २५
मङ्गलबार, १४ मङ्सिर २०७८

दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

चितवनको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका थिए । त्यसैगरी निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष ओलीबाट पद तथा गोपनीयताको सपथ लिए ।

एमालेका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ खुवाएका थिए भने भने केन्द्रिय अनुशासन आयोगका सदस्यहरुले अध्यक्ष बडालबाट र लेखा आयोगका अध्यक्ष कँडेलले सोही आयोगका सदस्यहरुलाई सपथ खुवाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप