बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत जेलब्रेकका कमाण्डर विष्ट बने कर्णालीका अर्थमन्त्री !

मङ्गलबार, १४ मङ्सिर २०७८, २२ : १५
मङ्गलबार, १४ मङ्सिर २०७८

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार बेलुकी पद तथा गोपनीयताको शपथ ग्रहण खुवाएका हुन् । नेकपा (माओवादी केन्द्र)ले मंगलबार दिउँसो संसदीय दलको बैठक बसेर उनलाई सरकारमा पठाउने निर्णय गरेको थियो । 

६ महिनाअघि मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला पनि उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । तर शपथ नखाँदे तत्कालीन सत्ताधारी काँग्रेसले विरोध गरेपछि उनले मन्त्रीको शपथ लिन पाएका थिएनन् । त्यसैले पनि यो पटक उनलाई जसरी पनि मन्त्री बनाउनै पर्ने बाध्यता माओवादीसँग थियो। युवा माझ निकै लोकप्रिय मानिएका विष्ट माओवादी केन्द्रभित्र एक शालीन छवि भएका नेताका रूपमा पनि चिनिन्छन् ।

को हुन् मन्त्री विष्ट ? 

विद्यार्थी छँदादेखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । यद्यपि,अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१  हो । स्नातक (मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट सुर्खेत, प्रदेशसभा–२ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् । मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेल ब्रेकको घटना निकै चर्चित र रोचक थियो । सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव समेत भएका विष्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका छन्। उनीसँग भार, चीन, फिलिपिन्स र दक्षिण कोरिया लगायतका देशहरूको भ्रमण गरेको समेत अनुभव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप