बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बुधबार ११ इजलास गठन, मीरा खड्का र कुमार चुडाल एकल इजलासमा

बुधबार, १५ मङ्सिर २०७८, ११ : ०८
बुधबार, १५ मङ्सिर २०७८

गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन सुरु भएसँगै बुधबार ११ वटा इजलास गठन भएको छ । यसदिन ९ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन भएका छन् ।  बुधबारका लागि न्यायाधीशद्वय मीरा खड्का र डा.कुमार चुडालले एकल इजलासको गोला तानेका छन् । उनीहरु एकल इजलासमा परेका छन् भने अन्य न्यायाधीशहरु संयुक्त इजलासमा छन् । 

बुधबारका लागि १ नम्बर न्यायाधीश दीपककुमार कार्कीसँग टंकबहादुर मोक्तान संयुक्त इजलासमा परेका छन् । त्यसैगरी हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तथा हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठकै मेलमिलापसम्बन्धी संयुक्त इजलास परेको छ । 

त्यसैगरी न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग वमकुमार श्रेष्ठको संयुक्त इजलास परेको छ । त्यस्तै न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।

मेलमिलापको एउटा रिटमा आदेश संशोधन गर्ने प्रयोजनको रिट भएकाले दुईजना न्यायाधीश दोहोरिएका छन् ।  बुधबारका लागि १८ जना न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप