बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तान्जानियाका टिकटक स्टारलाई बलिउडमा अफर

बुधबार, १५ मङ्सिर २०७८, १३ : ०५
बुधबार, १५ मङ्सिर २०७८

सोसल मिडियामा भाइरल भएका तान्जानियाका दाजु बहिनीले बलिउडमा अफर पाएका छन् । सङ्गीत निर्देशक तनिष्क बागचीले ‘किली पल’ लाई मेसेज गरेर सँगै काम गर्ने अफर दिएका छन् । किलीले यो मेसेजको स्क्रिनसट पनि आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियो निकै चर्चित हुने गर्छ । बलिउड कलाकारले पनि उनीहरुको भिडियो सेयर गर्ने गर्छन् ।

दुई दिन अघि भएको थियो भाइरलः

तनिष्कका सङ्गीत निर्देशनमा नै शेरशाहको गीत रातां लम्बियां बनाइएको हो । जब किली र उनकी बहिनीले यसमा लिप्सिङ गरे तब यो भाइरल भयो । तनिष्कले मेसेज गरेर किलीलाई यो तपाईंहरु दुबैको भिडियो हो भनेर सोध्दा किलीले जवाफ दिए, ‘हो, तर दुःखको कुरा कसैले पनि क्रेडिट दिँदैनन् । ’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Kili Paul (@kili_paul)

तनिष्कले किलिलाई भने, ‘केही सँगै गरौं ।’

किलीको फ्यान फलोविङ उच्चः

किलिले आफ्नो सोसल मिडिया अकाउन्ट र टिकटकमा करिब २८५ भिडियो पोस्ट गरिसकेका छन् । यी दुबैको भिडियो भाइरल हुनुका साथै फलोअर्सको संख्या पनि बढेको छ । यी दुईको भिडियो भाइरल भएपछि नै फलोअर्सको संख्या बढेको छ । हाल उनीहरुका एक लाखभन्दा बढी फलोअर्स छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Kili Paul (@kili_paul)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप