शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी नायिकालाई वेश्यावृत्तिका कारण भएको थियो एड्स, यी सेलिब्रिटीको पनि एचआइभीले लियो ज्यान

बुधबार, १५ मङ्सिर २०७८, १३ : ५०
बुधबार, १५ मङ्सिर २०७८

आज विश्व एड्स दिवस हो । पहिलो पटक १ डिसेम्बर, १९८८ मा विश्व एड्स दिवस मनाइएको थियो । यसलाई मनाउनुको उद्देश्य एचआइभी वा एड्सद्वारा ग्रसित मानिसहरुलाई मद्दत गर्नुर एड्ससँग जोडिएका अफवाह हटाउनका लागि शिक्षित गर्नु हो । एड्सको पूरा नाम एक्वायर्ड इम्यून डेफिशिएन्सी सिन्ड्रोम हो । जुन भाइरसले यो पैदा हुन्छ त्यसलाई ह्यूमन इम्यून डिफिसियन्सी भाइरस अर्थात् एच–आई.भी भनिन्छ । यो एक संक्रामक यौन रोग हो । थुप्रै सेलिब्रिटी पनि यो रोगको शिकार भइसकेका छन् । आउनुहोस्, यी सेलिब्रिटी को थियो भन्नेबारे जानकारी लिऔं ।

पेड्रो जमोराः

पेड्रो जमोरा अमेरिकाका चर्चित टिभी सेलिब्रिटी थिए । पेड्रोले खुल्ला रुपमा आफू समलिङ्गी भएको स्वीकार गरेका थिए । पेड्रो एड्सद्वारा ग्रसिथ थिए र उनको मृत्यु ११ नोभेम्बर सन् १९९४ मा भएको थियो ।

जिया सारंगीः

चर्चित अमेरिकी मोडल जिया सारंगीको मृत्यु एड्सका कारण भएको थियो । सन् १९८५ मा निमोनियाका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ डाक्टरले उनको शरीरमा एचआईभी भाइरस पाइयो । त्यसको केही समयसपछि १८ नोभेम्बर सन् १९८६ मा उनको मृत्यु भयो ।

निशा नूरः

८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रिमा निकै चर्चित रहेकी नायिका निशा नुर एक जमानाकी चर्चित नायिकामध्ये एक थिइन् । निशा नुरको मृत्यु पनि एड्सका कारण भएको थियो । सन् २००७ मा निशा नुरलाई एउटा मन्दिर बाहिर भेटिएको थियो । अस्पताल ल्याएपछि निशालाई एड्स भएको पत्ता लाग्यो र यसैकारण उनको स्थिति थप खराब भएको पत्ता लाग्यो । त्यसपछि सन् २००७ मा निशा नुरको निधन भयो । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिएका थिए र त्यहाँबाटै उनलाई एड्स लाग्यो ।

आर्थर एशः

आर्थर रोबर्ट एश टेनिसमा सर्वोच्च स्तरमा खेल्ने पहिलो अफ्रिकी–अमेरिकी खिलाडी थिए । सन् १९८८ मा उनी एचआइभी पोजेटिभी भएको पत्ता लाग्यो । त्यसको पाँच वर्ष अघि मुटुको शल्यक्रियाका बेला एचआइभी संक्रमितको रगत चढाउँदा उनलाई यो रोग लागेको मान्यता राखिन्छ । सन् १९९३ मा एड्सकाम कारण उनलाई निमोनिया भयो र ६ फेब्रुअरीमा न्यूयोर्क अस्पतालमा उनको मृत्यु भयो ।

रक हडसनः

रक हडसन सन् १९५० र ६० को दशकका चर्चित अभिनेता थिए । उनले पर्दामा सबैभन्दा लोकप्रिय अभिनेत्री जस्तै डोरिस डे, जुली एन्ड्रयुज एलिजाबेथ टेलरसँग रोमान्स गरे । हडसनको सन् १९८५ मा एड्स सम्बन्धि जटिलताका कारण मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप