आरएमडीसी लघुवित्तले लाभांशमा २५ करोड ८५ लाख रुपैयाँ बढी खर्च गर्ने
आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले नाफापछिको चुक्ता पुँजीको २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअघि अघिल्लो आर्थिक वर्षमा कम्पनीले २० प्रतिशत लाभांश वितरण गरेको थियो । लघुवित्तले यसपटक २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांशअनुसार लघुवित्तले २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बराबरको बोनस शेयर र ५ करोड १७ लाख ११ हजार ९७ रुपैयाँ बराबरको नगद गरी कुल २५ करोड ८५ लाख ५५ हजार ४८५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् लगानीकर्तालाई वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि