शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चित्रकथा ‘साहसी पेङ्गुइन’ को नेपाली संस्करण प्रकाशित

बुधबार, १५ मङ्सिर २०७८, १५ : ४९
बुधबार, १५ मङ्सिर २०७८

बेलायती लेखक जायल्स आन्ड्रियाको लेखन र गाइ पार्कर रिसको चित्राङ्कनमा रहेको चित्रपुस्तक ‘साहसी पेङ्गुइन’ प्रकाशित भएको छ । भिक्टर प्रधानले नेपाली भाषामा अनुवाद गरेको चित्रकथा कथालय इन्कले प्रकाशित गरेको हो ।

कथाअनुसार दक्षिणी ध्रुवको बरफ जमेको समुद्री किनारमा एउटा फुच्चे पेङ्गुइन हुन्छ, जो पानी देखेर डराउँछ । उसका सबै साथीहरु पानीमा रमाउँदा उ एक्लिन्छ । आखिर उसले कसरी आफूभित्रको डर हटाउन सक्यो होला ? कथामा यही वर्णन गरिएको छ ।

चित्रकथामा आमाले आफ्नो सन्तानलाई दिएको हौसला र साहासलाई बेजोड ढंगले प्रस्तुत गरिएको छ । जुनसुकै बाटोमा पहिलोपटक जान माया र प्रोत्साहन चाहिन्छ भन्ने देखाइएको छ ।
‘पर्पल रोनी एडवर्ड’का विजेता र ‘जिराफ क्यान्ट डान्स’ जस्ता चर्चित कृतिका लेखक आन्ड्रियाले अन्य धेरै बालपुस्तक लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप