शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंक र बीमा संस्थानबीच सेवाग्राही कर्जासम्बन्धी सम्झौता

बुधबार, १५ मङ्सिर २०७८, २० : ४४
बुधबार, १५ मङ्सिर २०७८

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच संस्थानका कर्मचारीहरूलाई बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानको सिफारिसको आधारमा त्यहाँ कार्यरत कर्मचारीहरूलाई बिनाधितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा नेपाल बैक लिमिटेडका काठमाडौं बैंकिङ् अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र राष्ट्रिय बीमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेल, रिटेल कर्जा विभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलका साथै राष्ट्रिय बीमा संस्थानका तर्फबाट सह–व्यवस्थापक रेशमकृष्ण सोम पौडेल, सह–व्यवस्थापक शिशिरचन्द्र देवकोटा र सहायक व्यवस्थापक आशिष राईलगायत पदाधिकारीहरूको उपस्थिति थियो । 

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच धेरै पुरानो र अत्यन्त प्रगाढ सम्बन्ध रहेको स्मरण गर्दै सेवाग्राही कर्जासम्बन्धी सम्झौताबाट राष्ट्रिय बीमा संस्थानका सम्पूर्ण कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे । यी दुई संस्थाहरूबीच पारस्परिक सहयोगको अन्य धेरै संभावनाहरू रहेको समेत उनले उल्लेख गरे ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक  कविप्रसाद पाठकले नेपाल बैक लिमिटेडले प्रदान गर्दै आएको सेवा सुविधाहरूको प्रसंसा गर्दै राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरूको लागि बिना धितो सेवाग्राही कर्जा लिने सुविधा प्रदान गरेकोमा नेपाल बैक लिमिटेडलाई धन्यवाद दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप