शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुकुरी रमको दाबी : नयाँ प्याकेजिङले पारखीहरूको ध्यान खिच्यो

बुधबार, १५ मङ्सिर २०७८, २१ : ५६
बुधबार, १५ मङ्सिर २०७८

नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीहरूको ध्यान तान्न थालेको खुकुरी रमले दाबी गरेको छ । ६२ वर्षयता उत्पादन भइरहेको खुकुरी रमका उपभोक्ताले अन्तरराष्ट्रिय स्तरको स्वरूपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरू दिइरहेको पनि उत्पादक कम्पनीले जनाएको छ ।

खुकुरी रमको नयाँ प्याकेजिङमा नेपालको मौलिकता झल्किने केही विशेषताहरू थपेको नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेले बताए । उनका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरूको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछानेले दाबी गरे । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरूको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनको तर्क छ । 

स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरूलाई सत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने पनि कम्पनीले दाबी गरेको छ । नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरूको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ । 

खुकुरी रमको नयाँ प्याकका यिनै ५ विशेषताका कारण ग्राहकहरू उत्साहित देखिएका बिक्रेताहरू बताउँछन्  । उनीहरू खुकुरी रमले नयाँ प्याकमा पृथक प्रयोग गरेर आफ्ना ग्राहकहरूका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप