बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढिलो गर्भाधान : ३० वर्षपछि आमा बन्दा ध्यान दिनुपर्ने ५ कुराहरु

बिहीबार, १६ मङ्सिर २०७८, ०९ : २९
बिहीबार, १६ मङ्सिर २०७८

पछिल्लो समय ३० वर्षको उमेर वरिपरि आमा बन्ने महिलाको संख्या धेरै पाइन्छ । विभिन्न कारणले ढिलो बच्चा जन्माउने क्रम बढ्दै गएको छ । कुन उमेरमा आमा बन्ने भन्ने अधिकार महिलामा हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ३५ वर्षपछि गर्भधान गर्ने योजना गर्ने महिलाहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको असर प्रजनन् क्षमता पनि पर्छ । यसका साथै, गर्भपतन हुने, प्लेसेन्ट प्रिभियामा समस्या, समयभन्दा पहिले बच्चा जन्मिने, डाउन सिन्ड्रोम जस्ता समस्याहरु बढ्ने सम्भावना हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ढिलो गरेर बच्चा जन्माउने महिलाले केही विशेष कुरामा ध्यान दिनुपर्छ । 

महिलाहरु ३७ वर्षभन्दा अगाडि जुनसुकै समय पनि गर्भवती हुन उपयुक्त छ । तर, महिलाहरु स्वास्थ्य र मेनोपोजको समयलाई लिएर भने सावधान हुन जरुरी छ । ३५ वर्षपछि पनि गर्भधान हुने सम्भावना रहन्छ । तर, गर्भाधान नहुने सम्भावना भने धेरै हुन्छ । किनकी यसपछि अण्डा र प्रजनन् क्षमता घट्न थाल्छ । 

ढिलो गर्भाधान गर्दा के कुरामा ध्यान दिने ? 

पार्टनरको उमेर 
गर्भाधानका लागि महिलाको जस्तै पुरुषको उमेरले पनि महत्त्व राख्ने गर्छ । पुरुषको प्रजनन् क्षमता पनि कम हुँदै जान्छ । तर, पुरुषको तुलनामा महिलाको प्रजनन् क्षमतामा छिटो कमि आउँछ ।

डाक्टरको सल्लाह 
यदि श्रीमान र श्रीमती दुवैको उमेर ३० भन्दा बढी छ र ६ महिनासम्म बच्चाको लागि प्रयास गर्दा पनि गर्भाधान भएन भने डाक्टरको सल्लाह लिन आवश्यक छ । गर्भाधान गर्नुअघि एकपटक जाँच गराएर डाक्टरको सल्लाह लिदाँ राम्रो हुन्छ । 

फर्टिलिटी ट्रिटमेन्ट
यदि तपाईं ३५ वर्षपछाडि गर्भाधान गर्दै हुनुहुन्छ भने फर्टिलिटी ट्रिटमेन्टले उमेरसम्बन्धी सबै समस्या समाधान गर्दैन । समस्या समयमा नै पत्ता लागेमा फर्टिलिटी ट्रिटमेन्ट धेरै सफल हुन्छ ।  

स्वस्थकर जीवनशैली 
स्वस्थकर जीवनशैलीले प्रजनन् क्षमतालाई छिट्टै खराब हुन दिँदैन । यदि तपाईंको उमेर ३५ भन्दा बढी छ भने खाना र स्वास्थमा धेरै ध्यान दिनुपर्छ । यसका साथै, नियमित व्यायाम, पोषक तत्वले भरिएका खाना, सुत्ने तरिकामा परिवर्तन, तनाव कम गर्ने, चिनी र क्याफिनको सेवन नगर्ने, चुरोट र जाँडरक्सी नखाने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप