बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारीले त्रियान प्रज्ञा सम्मेलनको उद्घाटन गर्ने

बिहीबार, १६ मङ्सिर २०७८, १० : ५९
बिहीबार, १६ मङ्सिर २०७८

आज राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आउने कार्यक्रम रहेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा  लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आउने भएकी हुन् । राष्ट्रपतिले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए । 

उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ । लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।

विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप