मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बीमा जागरण अभियान चलाउँदै महालक्ष्मी लाइफ इन्स्योरेन्स

बिहीबार, १६ मङ्सिर २०७८, ११ : २८
बिहीबार, १६ मङ्सिर २०७८

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर राष्ट्रिय बीमा जागरण अभियान चलाउने भएको छ । सोही योजना अन्तर्गत कम्पनीले हालैमात्र सर्लाहीको बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवा लक्षित महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।

नव क्षितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए ।

सोही दिन कम्पनीले जनकपुरको मोडेल मल्टिपल कलेजमा समेत बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका छन् । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो ।

त्यसै गरी मंसिर १४ गते जे.एस मुरारका बहुमुखी क्याम्पस लाहानमा पनि कम्पनीले जागर अभियान चलाएको थियो ।

 

मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप