शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीमा लड्ने उम्मेदवार

बिहीबार, १६ मङ्सिर २०७८, १७ : १९
बिहीबार, १६ मङ्सिर २०७८

राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।  राप्रपा नेता भुवन पाठकका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानको नाम उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लागेको लागेको छ । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । 

यसैगरी महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ । 

विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । यस विषयमा पाठकले आफूहरुले टुंगो लगाएको सूची यही भएको र अर्को प्यानलमा राखे नराखेको बारे थाहा नभएको बताए । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप