
बुद्धकालीन शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् । बिहीवार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव एवम् केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् ।
उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण र सम्वर्द्धनमा अग्रसर हुनुपर्ने पनि बताइन् ।
जमिनमुनि दबिएका पुरातात्विक तथा साँस्कृतिक महत्वका वस्तुहरु अझैसम्म फेला परिरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तिनको अन्वेषणमा सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्ने बताइन् । उनले भनिन्– ‘हाम्रो मुलुकको मौलिक परम्पराको रुपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनुपर्दछ ।’
उनले थप भनिन्- ‘विशेष रुपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर हुनुपर्दछ । लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक, सांस्कृतिक महत्वका वस्तुहरु अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्वद्ध निकायले ध्यान पुर्याउनुपर्दछ ।’
उनले लुम्बिनी विकास गुरुयोजना चाँडै कार्यान्वयन हुन सकेमा लुम्बिनी उत्कृष्ट अन्तर्राष्ट्रिय, साँस्कृतिक पर्यटकीय स्थल बनेर देशकै अर्थतन्त्रमा टेवा पुर्याउने बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ