शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रह्मा मिश्रादेखि परवीन बाबीसम्म  ः कुहिन थालेपछि भेटिएको थियो यी कलाकारको शव !

शुक्रबार, १७ मङ्सिर २०७८, ११ : १०
शुक्रबार, १७ मङ्सिर २०७८

 

वेबसिरिज मिर्जापुरमा ललितको भुमिका निभाउने ब्रह्मा मिश्राको शव संदिग्ध स्थितिमा भेटिएको छ । उनको शव उनको मृत्यु भएको तीन दिनपछि सडेको अवस्थामा भेटिएको थियो । पोस्टमार्टमपछि ब्रह्मको मृत्युको कारण पत्ता लाग्नेछ । यस्तै बलिउडमा यस्ता अन्य कलाकार पनि छन् जसको अचानक मृत्युको खबरले सबैलाई चकित पारिदिएको थियो र उनीहरुको सडे गलेको शव भेटेपछि सनसनी मच्चिएको थियो ।

परवीन बाबीः

सन् १९७६ मा टाइम म्यागजिनको कभरमा आउने पहिलो बलिउड स्टार परवीन बाबीको शव २२ जनवरी सन् २००५ मा उनको घरमा भेटिएको थियो । उनको शव सडेको स्थितिमा भेटिएको थियो । भारतमा मिडिया रिपोर्टका अनुसार परवीनको शव उनको घरमा तीनदिनसम्म सडेको थियो । सन् १९७० र १९८० को दशककी स्टार रहेकी परवीनको मृत्यु हुनु धेरै दिन अघिदेखि एक्लै बसिरहेकी थिइन् । उनले आत्महत्या गरिन् वा उनको मृत्यु प्राकृतिक रुपमा नै भएको हो भन्ने अहिलेसम्म पनि पत्ता लागेको छैन । उनलाई पेरोनोइड सिजोफ्रेनिया भएको धेरैले बताउने गर्छन् ।

ओम पुरीः

उत्कृष्ट अभिनेता ओम पुरीको संदिग्ध स्थितिमा ६ जनवरी सन् २०१७ मा निधन भएको थियो । सुरुवातमा उनको मृत्यु हृदयघातका कारण भएको बताइएको थियो । यद्यपि, पोस्ट मार्टमको रिपोर्टको आधारमा प्रहरीले ओम पुरीको निधन टाउकोमा चोट लागेका कारण भएको जानकारी दियो । यो चोट उनलाई घरको भित्तातर्फ लडेका कारण लागेको थियो । घटनाका बेला ओम पुरी घरमा एक्लै थिइन् । बिहान ड्राइभरले छिमेकीको मद्दतले ढोका खोलेका थिए । ओम पुरीको जति योगदान समानान्तर सिनेमामा रह्यो, त्योभन्दा निकै धेरै मेनस्ट्रीम फिल्ममा उनको भूमिका चर्चित रहे । ओम पुरीले ३०० भिन्न भाषाका फिल्ममा अभिनय गरे जसमा हिन्दीका साथै कन्नड, मराठी, मलयालम, हलिउड र ब्रिटिश फिल्म थिए ।

समिर शर्माः

सिरियल ‘ये रिश्ते हे प्यार के’, ‘कहानी घर–घर की’ का टिभी अभिनेता समिर शर्माले अगस्ट २०२० मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए । समिरको मृत्यु दुई दिन अघि नै भइसकेको थियो । सुरक्षाकर्मीले उनको शव पङ्खामा झुण्डिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको शव पनि कुहिन सुरु भइसकेको थियो ।

कृतिका चौधरीः

कंगना रनौतसँग फिल्म ‘रज्जो’ र क्राइम सिरियल ‘सावधान इन्डिया’ समेत बालाजी प्रोडक्सनका थुप्रै टिभी सिरियलमा देखिइसकेकी नायिका कृतिका चौधरीको शव पनि जून सन् २०१७ मा संदिग्ध स्थितिमा भेटिएको थियो । उनको शव मुम्बईको एक फ्ल्याटमा भेटिएको थियो । त्यतिबेला प्रहरीले कृतिकाको मृत्यु करिब चार दिन अघि नै भएको शंका व्यक्त गरेको थियो । जानकारीका अनुसार उनी फ्ल्याटमा एक्लै बस्थिन् । उनी बसेको फ्ल्याटबाट दुर्गन्ध आउन थालेपछि वरिपरिका मानिसले प्रहरीलाई खबर गरेका थिए । पछि ६ हजार भारुका लागि उनको हत्या गरिएको भन्ने खुलासा भयो । हत्या हुँदा उनी २४ वर्ष मात्रैकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप