शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेह्रथुम पावर कम्पनीको नाफा १०७.१६ प्रतिशतले बढ्यो

शुक्रबार, १७ मङ्सिर २०७८, १२ : ३७
शुक्रबार, १७ मङ्सिर २०७८

तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै आकर्षक नाफा आर्जन गर्न सफल भएको छ ।  गत वर्ष ८६ लाख ७० हजार रुपैयाँले घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । 

कम्पनीले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बिजुली बिक्रीबाट हुने आम्दानीमा अधिकतम १०७.१६ प्रतिशले वृद्धि गरेको छ । यसैले पनि कम्पनीको नाफामा आकर्षक सुधार आएको हो । गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट कुल २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने यो वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड ७६ लाख रुपैयाँ कमाएको छ । 

हालैमात्र आइपिओ जारी गरेको कम्पनीले आफ्नो चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याएको छ भने कम्पनीको रिजर्भ कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप