शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नकुलले प्रतिमासँग गाए ‘ढल्की जाला त्यो लाली जोवान’

शुक्रबार, १७ मङ्सिर २०७८, १३ : १८
शुक्रबार, १७ मङ्सिर २०७८

गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी गीत ‘ढल्की जाला त्यो लाली जोवान’ ल्याएका छन् । शब्द समेत नकुल र विष्णुकै रहेको गीत गायनमा दुबैलाई अर्याल र रीता पौडेलले स्वरमा साथ दिएका छन् ।

नकुल र विष्णुको गृह जिल्ला सिन्धुपाल्चोकस्थित सुनकोशी नदी तथा धार्मिक एवं पर्यटकीय गन्तव्य बलेफीलाई केन्द्रीत गरेर तयार गरिएको गीत रोमान्टीक शैलीमा तयार भएको छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।

जुनसुकै सभा समारोह र मनोरञ्जस्थल तथा मेला, पर्व र पिकनिकमा छम छम नाच्न मिल्ने गरी तयार पारिएको भिडियोमा मोडलहरु सञ्जिव ठकुरी र अस्मिता आचार्यका साथमा बाल कलाकारहरु निश्चलजंग थापा र गृष्मा थापामगरको समेत अभिनय रहेको छ ।

श्रीकाली चौरको रमणीय स्थलमा छायाँकन गरिएको भिडियोमा शिशिर बुढाथोकीको निर्देशन तथा कोरीयोग्राफी छ । भिडियोमा दीपक गिरीको छायाँकन, रोशन धितालको सम्पादन छ । आफु जन्मे हुर्केको जिल्लाको प्रचार प्रसारका लागि गीतमा सो क्षेत्रको प्रसंग समेटिएको गायक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप