ठमेलमा दर्शक नचाउन इन्डियन–अमेरिकन र्यापर नेपालमा (तस्बिरहरु)
शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ०८
इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी शुक्रबार नेपाल आएकी छन् । ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा सहभागी हुन उनी नेपाल आएकी हुन् । शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई हिन्दी तथा अंग्रेजी गीतमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। राजा कुमारी नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने क्लब फरेनहाइटले जनाएको छ ।
अमेरिकन र्‍यापर विज खलिफाजस्ता चर्चित र्‍यापरसँग स्टेज शेयर गरिसकेकी उनी पछिल्लो समय ग्रामी अवार्डको छनोटमा समेत परेकी थिइन्। क्लब फरेनहाइटको कन्सर्ट लगत्तै उनी दिल्ली फर्किने कार्यक्रम रहेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी