मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा उपचार गर्दा छुट पाइने

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : १४
शुक्रबार, १७ मङ्सिर २०७८

एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ । ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा सात प्रतिशतसम्म छुट पाउने एभरेष्ट बैंकले दाबी गरेको छ ।

सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन् । आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरूले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताए ।

उनले विश्वका आइएसओएनका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको जानकारी दिए । करिब १२ लाख ग्राहक रहेको एभरेष्ट बैंकले देशभर १०५ वटा शाखा, प्रादेशिक कार्यालय, १३८ एटिएम खोलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप