रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट
राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।
रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।
रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा ! नो कमेन्ट ।’
सुवेदीले थापालाई प्रश्न गर्छन्–राजतन्त्र कि गणतन्त्र ?
जवाफमा थापाले ‘गणतन्त्र’ भन्छिन् ।
‘तपाईँ अहिले कुन पार्टीसँग आबद्ध हुनुहुन्छ ?
राप्रपा !
राप्रपाको उद्देश्य के हो थाहा छ, यहाँलाई ?
थाहा छ ! मैले आम जनताको भाषा बोलिरहेको छु । पार्टीको सिद्धान्त र विचार आफ्नो ठाउँमा छँदैछ । पार्टीकै सिद्धान्तमा कतिपय मानिसहरुमा त्यो चिज चित्त नबुझेको पनि हुनसक्छ । त्यो पछि ब्याख्या गरौँला....’
सुवेदीले फेरि सोध्छन्–यसो बोल्दा तपाईँलाई पार्टीले कारबाही गर्दैन ?
रेखा भन्छिन्, ‘गर्दैन, यो त म रेखा थापा बोलिरहेको छु । पार्टीको कुनै नेतृको रुपमा बोलाउनु भएको छैन नि तपाईँले । ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भएको छ । अभिनेत्रीलाई बोलाउनु भएको छ । म नेपाली जनताको कलाकार भएको हिसावले र सामान्य नागरिक भएको हिसावले गणतन्त्र यसकारणले रोजेँ कि गणतन्त्रमा कुनैपनि बच्चाबच्ची जन्मिँदै गर्दा यो देशको कार्यबाहक हुने अधिकार प्राप्त गरेर जन्मिन्छ ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ ।
राप्रपाकै कतिपय नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण