बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल, कतार र अमेरिकाका कम्पनीले निर्माण क्षेत्रमा सहकार्य गर्ने

शुक्रबार, १७ मङ्सिर २०७८, १८ : ४१
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाल, कतार  अमेरिकाका कम्पनीबीच आपसी साझेदारीमा निर्माण तथा रियल स्टेट व्यवसाय क्षेत्रमा काम गर्ने सम्झौता भएको छ । नेपालको एसवन ग्रुप अफ कम्पनी, कतारको एस वीजी कन्ट्राक्टिङ संघबीच सहकार्यको सम्झौता भएको हो ।

एसवन ग्रुप नेपालमा निर्माण तथा रियल स्टेट क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आईरहेको कम्पनी हो । यस्तै, एम्प्लीफाई डेब्लप्मेण्टले अमेरिकामा सिटि प्लानर तथा डेब्लपरको काम गर्दै आएको छ । यसैगरी, एस वीजी एन्ट्राक्टिङ संघ  कतारमा निर्माण क्षेत्रमा काम गरिरहेको छ । यी तीन वटा कम्पनीले भविष्यमा निर्माण क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरेका हुन् ।

कार्यक्रममा बोल्दै एम्प्लीफाई डेब्लपरका अध्यक्ष कुलमणि आचार्यले विगत १८ बर्षदेखि अमेरिकामा वसेर त्यस क्षेत्रको नगरपालिका तथा स्मार्ट सिटिमा काम गरिरहेको बताए । उनले त्यहि विज्ञता तथा टेक्नोलोजिलाई नेपालको विकासमा लाउने समेत बताए । 

एसवन ग्रुपका अध्यक्ष सुरज न्यौपानेले नेपालमा हाल निर्माण तथा रियल स्टेट क्षेत्रका साथै विभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको बताए । उनले एसवनले आधुनिक भवन, होटल, स्कुल तथा कलेजको विस्तृत पयिोजना प्रतिवेदन (डीपीआर) क्षेत्रमा काम गरिसकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप