ad
x

४० दिनपछि सर्वोच्च अदालत लयमा

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

न्याय सम्पादन प्रक्रिया अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ भएको छ । कात्तिक  ८  गतेदेखि  रोकिएको  न्याय  सम्पादन  कार्य  शुक्रबारदेखि  लयमा फर्किएको हो । मङ्सिर १५ गतेदेखि नै नियमित सुनुवाइ प्रारम्भ हुने बताइए पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद सुरु भएपछि सुनुवाइ पुनः अवरुद्ध भएको थियो । शुक्रबार गोला प्रणालीबाट १२ वटा इजलास गठन भई सुनुवाइ गरिएको छ । सर्तसहित न्यायाधीशहरू इजलास फर्किएका हुन् ।


सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले शुक्रबारदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ भएको बताउँदै भने, “शुुक्रबारदेखि सबै  प्रकारका  मुद्दाको  सुनुवाइ  सुरु  भएको  छ  ।  अब  नियमित  गतिमा  अदालत फर्किन्छ ।”यसअघि  केही  समयदेखि  न्यायाधीशहरूले  बन्दी  प्रत्यक्षीकरण,  मिलापत्र,  मुद्दा  फिर्ता,  तामेली  लगायतको  सुनुवाइ  गरेका  थिए  ।  सोबाहेक पूर्वनिर्धारित रहेको नियमित पेसीका मुद्दा सुनुवाइ गरेका थिएनन् । प्रधानन्यायाधीश  जबरासँगको  विवादका  कारण  न्यायाधीशहरूले  लामो  समयदेखि अघोषित रूपमा सुनुवाइ रोकेका थिए । शुक्रबार सर्वोच्चमा १० वटा संयुक्त र दुई एकल इजलास गठन भएका थिए । गठन भएमा सबै इजलास बसेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X