शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् शुक्रबार सार्वजनिक आधा दर्जन बढी गीत

शनिबार, १८ मङ्सिर २०७८, ०९ : ४५
शनिबार, १८ मङ्सिर २०७८

पछिल्लो समय दैनिक आधा दर्जन बढि गीत तथा त्यसका म्युजिक भिडियो सार्वजनिक हुन थालेका छन् । यस्तैमा शुक्रबार पनि आधा दर्जन बढी म्युजिक भिडियो सार्वजनिक भएका छन् । जसमा सदावहार अभिनेता भुवन केसी अभिनेतादेखि  पूजा शर्माको अभिनय रहेको सम्म रहेका छन् । यस्ता छन् शुक्रबार बजारमा भित्रिएका गीत ।
    
प्रिज्मा र प्रिन्सी अभिनित ‘छल छल’
गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वरमा समावेश ‘छल छल’ बोेलकोे गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोमा ट्वीन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले ट्वीन्स दाजुभाई अमर र अमृत दाहालसँग रोेमान्स गरेका छन् । विधान कार्कीको निर्देशन रहेको भिडियोमा दीपकमान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन छ ।
 

डान्सिङ नम्बर ‘झुम्कावाली’
गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीकोे शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ । गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सुबोल थापाको कोरियोेग्राफी, बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमल्सिनाको लगानी छ । 

भुवन र सृष्टि अभिनित ‘घरमा आइसियोस न’
नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीतमा ‘घरमा आइसियोस न’ मा भुवन केसी र  मोडेल सृष्टि खड्काको अभिनय छ । प्रेमिल शैलीको गीतको भिडियो सन्तोष राजबाहकले निर्देशन र कोरियोग्राफी रहेको छ । भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

थानेश्वरको ‘तिम्रा यादहरु’
गायक, संगीतकार तथा गीतकार थानेश्वर गौतमको गीत  ‘तिम्रा यादहरु’ सार्वजनिक भएको छ । प्रेमको पिडा ब्यक्त गरेको गीतमा संगीत पनि थानेश्वरकै छ । जीवन बिकेको शब्द रहेको गीतको भिडियोमा  यो गीतको भाव अनुसार, निर्देशक रामजी लामिछानेले भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय छ । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । 

मेलिनाले ‘तिम्ले बाटो फर्यौ अरे ३’ 
गायिका मेलिना राईको स्वर रहेको गीत ‘तिम्ले बाटो फर्यौ अरे ३’ सार्वजनिक भएको छ । गीतमा दर्पण राईको शब्द र विक्रम राईको संगीत छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा दर्पण राई र सम्झना राईको अभिनय देख्न सकिन्छ । भिडियोमा मेलिना राई पनि देखिएकी छन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । तिम्ले बाटो फेर्यौ अरे पहिलो र दोश्रो श्रृंखलाको सफलता पश्चात् दर्पन राईले ३ भाग ल्याएका हुन् ।

भिमसेन र टीकको ‘डाँडा घरे दाई’
गायक भिमसेन खतिवडा र गायिका टीका पुनको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘डाँडा घरे दाई’ सार्वजनिक भएको छ । साजन पराजुलीको शब्द तथा श्याम धितालको संगीत रहेको गीतमा संगीत संयोजन भुवन प्रकाश बडूले गरेका हुन् । शंकर बिसीको निर्देशन रहेको भिडियोमा निक्स शर्मा र सृजना किराँतीको अभिनय छ । दुर्गा पौडेलले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्। भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सलोन र रुविनाको ‘तिम्रो मायाले’
अभिनेता सलोन बस्नेत र रुविना अभिनित ‘तिम्रो मायाले’ गीत सार्वजनिक भएको छ । गायिका रचना रिमाल र गायक केशब भावुकको स्वर रहेको गीतको भिडियोमा सलोन र रुविनसँंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लामिछाने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा देख्न सकिन्छ । विदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने सर्जक सुधा मरहठ्ठाको शब्द, राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन सशान कँडेलले निर्देशन गरेका हुन् । भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप