तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी
अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
यहाँका सर्वोच्च नेताले सो अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका हुन् । शुक्रबार यहाँको तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले सो निर्देशिका जारी गरेका छन् । उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ । उनीहरुले विद्यालय जान पाउने र विवाहका क्रममा पनि महिलामाथि कुनै दबाब दिन नपाइने बताइएको छ ।
त्यसैगरी महिलालाई उनीहरुका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ । एकल महिलाले पनि आफ्नो इच्छा बमोजिम विवाह गर्न पाउने कुरा पनि सो कानुनमा जनाइएको छ । त्यसैगरी कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुन अनुसारका अधिकार महिलालाई दिनुपर्ने कुरा पनि सो कानुनमा जारी गरिएको बताइएको छ ।
अफगानिस्तानमा महिला अधिकार हनन भएका कैयौँ उदाहरणहरु रहेका छन् । अहिले तालिबानहरु सत्तामा आएपछि पनि उनीहरुले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रुपमा आलोचना भएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा चक्कु प्रहारबाट ४ जनाको मृत्यु, ५ घाइते
-
प्रदेश सिट बाँडफाँट निष्कर्षमा पुगेको छैन : उपमहासचिव ज्ञवाली
-
हाम्रो नेपाली पार्टीका अध्यक्षको आरोप– हाम्रो सांसद अपहरण गरियो
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
रुसमा श्रम स्वीकृति खुला गर्ने निर्णय
-
राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा