शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सीता रानाले हङकङमा क्रिकेट खेल्ने

शनिबार, १८ मङ्सिर २०७८, १६ : ०३
शनिबार, १८ मङ्सिर २०७८

नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल- २०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो ।

‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना मगर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल(२०२२ खेल्नका लागि छनोट हुनुभएको छ,’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

योसँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेटर समेत बनेकी छिन् । फेयर ब्रेक इन्भीटेसनल–२०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) बाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता आगामी १ देखि १५ मेसम्म आयोजना हुनेछ ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ । प्रतियोगितामा सीता राना मगर कुन टोलीबाट खेल्ने भन्ने अन्तिम निर्णय भने आयोजकले गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप