शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधन गर्न पार्टी प्रतिबद्ध छ : भट्टराई

शनिबार, १८ मङ्सिर २०७८, १७ : ४६
शनिबार, १८ मङ्सिर २०७८

सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दाबी समेत गरे ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसद्मा कुरा उठाइराखेको र मन्त्रिपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेस गर्न लगाउने आश्वासन समेत दिए । उनले भने, ‘फेरी पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसद्बाट मात्रै सबै थोक होस भनेर मात्रै हुँदैन । साङ्केतिक हुन्छ । किनभने हामी संसद्बाट पनि बोलिराखेका छौँ । सडकबाट पनि बोलकै छौँ । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अब हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध ।’

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गरे । उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप