भाण्टाबारीमा बस दुर्घटना, एकको मृत्यु
शनिबार, १८ मङ्सिर २०७८, १७ : ५१

सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् । मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४९८८ नंको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई जिल्ला अस्पताल इनरुवा उपचारका लागि ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री