बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोस्ट कोभिडका कारण वरिष्ठ पत्रकार विनोद दुआको निधन

शनिबार, १८ मङ्सिर २०७८, १८ : ०१
शनिबार, १८ मङ्सिर २०७८

भारतका वरिष्ठ पत्रकार विनोद दुआको ६७ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी छोरी मल्लिका दुआले उनको अन्तिम संस्कार दिल्लीको लोधी नगरको आर्यघाटमा गरिने जानकारी दिएकी छन् ।

दुआ पोस्ट कोभिड बिरामीका कारण गम्भीर भएपछि आईसीयूमा भर्ना भएका थिए । दूरदर्शन र एनडीटीभीमा लामो समय काम गरेका दुआ यो वर्षको सुरुवातमा कोरोना सङ्क्रमित बनेका थिए । त्यति बेला पनि उनलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप