ad
x

काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : १ हजार ३ मत खस्यो

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

नेपाली काँग्रेसको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सुदूरपश्चिममा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । निर्वाचन अधिकृत वीरबहादुर जेठाराका अनुसार मतदानमा १ हजार ३ जना सहभागी भएका छन् ।


बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ४ बजेर २० मिनेटमा सकिएको निर्वाचन अधिकृत जेठाराले बताए । प्रदेश मतदानका लागि कूल १ हजार २३ जना प्रतिनिधि छनौट भएका थिए । प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । 



मतगणनाका लागि दुवै पक्षसँग छलफल गरेर अगाडी बढ्ने जेठाराले बताए ।  ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि १ सय ७७ जनाले उम्मेदवारी दिएका थिए ।  प्रदेश नेतृत्वका लागि संस्थापन पक्षबाट काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर टिमसहित चुनावमा होमिएका छन् । यस्तै इतर पक्षबाट जिविस कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहति चुनाव होमिएका छन् ।

संस्थापन पक्षबाट प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनु) र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामकी अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन् ।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन् ।

निर्वाचनबाट  एक सभापति, दुई जना उपसभापति,  एक महिलासहित तीन जना महामन्त्री चयन हुने छन् । यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुलागरी तीन जना, मुस्लिमबाट एक जना, अपाङ्गता भएका एक जना चयन गर्ने छ । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।