ad
x

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोरोना सङ्क्रमित

person explore access_timeमंसिर १८, २०७८ chat_bubble_outline0

रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै  सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ।


बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड–१९ केसहरू पुष्टि भएका छन्, जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८) छन् भने  वृद्धि दर ०.३४ रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो।  त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।



 त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ। प्रतिक्रिया केन्द्रले कोभिड–१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु  भएको जनाएको छ ।  यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ।
 











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X