बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँच गोलको थ्रीलरमा चेल्सी पराजित

शनिबार, १८ मङ्सिर २०७८, २१ : १०
शनिबार, १८ मङ्सिर २०७८

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग स्तब्ध बनेको छ । शनिबार साँझ भएको खेलमा चेल्सी ३-२ गोलले पराजित भएको हो ।

खेलमा थियागो सिल्भाले पहिलो हाफमा चेल्सीलाई अग्रता दिलाए पनि मानुएल लान्जिनीले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामलाई खेलमा फर्काएका थिए । लगत्तै मेसन माउन्टले गोल गर्दै पहिलो हाफको अन्त्यमा पुनः चेल्सीको अग्रता सुनिश्चित गरे ।

दोस्रो हाफको सुरुवातमा नै जारोड बोवेडले वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए । खेलको ८७ औँ मिनेटमा जारोड आर्थर मासुआकुले गोल गर्दै चेल्सीलाई स्तब्ध बनाए । जीतपछि वेस्ट ह्याम शीर्ष चारमा उक्लिएको छ । लिभरपुल र म्यान्चेस्टर सिटीले जीत हासिल गरे चेल्सी तेस्रो स्थानमा खस्किनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप