शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीको मतदान सकियो, २०८३ मत खस्यो

शनिबार, १८ मङ्सिर २०७८, २३ : २३
शनिबार, १८ मङ्सिर २०७८

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रदेश अधिवेशनमा कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

मतगणनाका लागि अहिले मुचुल्का तयार गरिनुका साथै आवश्यक प्रक्रिया पुरा गरेर राति करिब १२ बजेबाट मतगणना सुरु हुने बताइएको छ । 
प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप