
ज्याभीको बार्सालाई घरेलु मैदानमा झट्का

बार्सिलोनाको म्यानेजरका रुपमा ज्याभीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । शनिबार स्पेनिस ला लिगामा बार्सा आफ्नो घरेलु मैदानमा नै रियल बेटिससँग पराजित बनेको हो ।
ज्याभीले लिगमा आफ्ना सुरुवाती दुई खेल जितेका थिए भने च्याम्पियन्स लिगमा बेनफिकासँग बराबरी खेलेका थिए । पराजयपछि बार्सिलोना १५ खेलबाट २३ अंकसहित लिगको सातौँ स्थानमा सिमित रहेको छ । यो सिजन टोलीको यो चौथो हार थियो ।
खेल सकिन ११ मिनेट बाँकी छँदा जुआनमीले गरेको एकमात्र गोल निर्णायक बन्यो । यसअघि उनले गरेको अर्को गोललाई अफसाइड करार गर्दै रद्द गरिएको थियो । बार्सिलोनाका लागि फिलिपे काउटिन्हो र ओसमान डेम्बेले गोल गर्नबाट चुकेका थिए ।
अब बार्सिलोनाले च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सामना गर्नेछ । अर्को चरणमा स्थान सुनिश्चित गर्न बार्सालाई अनिवार्य जीतको आवश्यकता रहेको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ