ad
x

केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो

person explore access_timeमंसिर १९, २०७८ chat_bubble_outline0

क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । यस विशेष एपिसोडमा अमिताभकी पत्नी जया बच्चन पनि भर्चुअल रूपमा सहभागी भइन् । यस दौरान अमिताभले कयौँ रोचक किस्सा पनि सुनाएका थिए । केहीबेर उनी भावुक पनि बनेका थिए । 


दुई दशकको यात्रामा कार्यक्रमले नयाँ आयाम हासिल गर्न सफल भएको छ । कार्यक्रमको यात्रालाई निर्माताले एक भिडियो मार्फत दर्शकसँग साझा गरेका थिए । यसलाई देखेर अमिताभ निकै भावुक बने। यति मात्र होइन उनले कार्यक्रममा होस्ट बन्नु पछाडिको आश्चर्यजनक कारण पनि सुनाए । उनले भने,'जब म फिल्मबाट टिभीतर्फ आउँदै थिएँ, धेरैले मलाई यस्तो नगर्न सुझाव दिए ।' 



'यसले मेरो छविलाई नोक्सान पुग्ने उनीहरूको भनाइ थियो । तर त्यो बेला मेरा केही मजबुरीहरू थिए । मैले फिल्ममा काम पाइरहेको थिइनँ । त्यही भएर म टिभीमा आउनुपर्‍यो । तर पहिलो पटक कार्यक्रम प्रसारण भएपछि जस्ता प्रतिक्रियाहरू आए, त्यसले मलाई पुरै दुनियाँ नै बदलिएको जस्तो लाग्यो,' उनको भनाइ थियो ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X