शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा उक्लियो सिटी

आइतबार, १९ मङ्सिर २०७८, ०९ : १५
आइतबार, १९ मङ्सिर २०७८

वाटफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सी वेस्ट ह्यामसँग पराजित भएपछि सिटीले शीर्ष स्थानमा उक्लिने अवसर पाएको हो ।

शनिबार भएको खेलको शुरुवातमा नै सिटीले अग्रता लिएको थियो । राहिम स्टर्लिङले चौथो मिनेटमा नै सिटीलाई अग्रता दिलाए । ३१ औँ मिनेटमा बर्नार्डो सिल्भाले सिटीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सिल्भाले अर्को गोल थप्दै सिटीको जीत सुनिश्चित गरे । खेलको ७४ मिनेटमा कुचो हर्नान्डेजले वाटफोर्डका लागि सान्तवना गोल गरे । १५ खेलपछि सिटीको ३५ अंक रहेको छ । 

उता, लिभरपुलले पनि वुल्भ्सलाई संघर्षपूर्ण खेलमा हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलका लागि डिभोक ओरिजीले इन्जुरी समयमा गोल गरेका थिए । उनैको एकमात्र गोल निर्णायक बन्यो । लिभरपुल सिटीभन्दा एक अंकले पछि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप