बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गणेश थापाका छोरा पनि केन्द्रीय सदस्यमा निर्वाचित

आइतबार, १९ मङ्सिर २०७८, ०९ : ४२
आइतबार, १९ मङ्सिर २०७८

गणेश थापाका छोरा अर्थात् कमल थापाका भतिज अभिषेक थापा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राप्रपा एकता महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

कमल थापा अध्यक्षमा पराजित भएपनि उनका भतिजा अभिषेक केन्द्रीय सदस्य बनेका छन् । अभिषेकले १३२७ मत ल्याएर केन्द्रीय सदस्य जितेका छन् । यसैबीच अर्घाखाँचीका गणेश थापा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धेरैले उनलाई अभिषेकका  पिता ठानेर झुक्किएका छन् ।

'मलाई धेरैले फोन गरेर भोट दिने बताए, जवाफ दिँदैमा हैरान भएँ । अर्घाखाँचीका गणेश थापालाई म सम्झेर भोट हालेछन्,' कमल थापाका भाइ गणेश थापाले भने ।

*यसअघिको समाचारमा भएको गल्तीलाई क्षमायाचनासहित ​भूलसुधार गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप