बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट भारतीय नागरिकको मृत्यु

आइतबार, १९ मङ्सिर २०७८, १० : ३६
आइतबार, १९ मङ्सिर २०७८

डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गएराति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना ३५ प १८०० नंको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका भारत मोतिहारी जिल्ला घर अन्दाजी ४० वर्षीय शिवनारायण पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भकुण्डेमा घर बनाउने मिस्त्री काम गर्दै आएको र पैदल हिँड्ने क्रममा सो मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर घाइते उनको  बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

मोटरसाइकल चालक बेँसीसहर नपा–१ उदीपुरका २१ वर्षीय सुजन खवासलाई  नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप